प्रिमियर इन्टरनेसनल लिटरेचर फेस्टिभल सम्पन्न

काठमाडौँ । प्रिमियर इन्टरनेसनल स्कूलको आयोजनामा बार्षिक इन्टरनेसनल लिटरेचर फेस्टिभल सम्पन्न भएको छ । गत बुधबारदेखि शुक्रबारसम्म आयोजित फेस्टिभल विद्यार्थी-नेतृत्वमा आधारित कार्यक्रम थियो । साहित्यको परिवर्तनकारी शक्तिको उत्सव मनाउँदै नेतृत्व, सृजनशीलता, र समालोचनात्मक सोचलाई प्रोत्साहित गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको प्रिमियर इन्टरनेसनल स्कूलले जनाएको छ । उक्त फेस्टिभलले विद्यार्थीहरूलाई नेतृत्वदायी भूमिका ग्रहण गर्न, विविध दृष्टिकोणहरूसँग…