गहुँतबाट मल र जैविक विषादी उत्पादन गर्दै किसान

यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रूपमा प्रयोग गरेका छन्। धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाई प्रयोग गरिएको हो। फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए। “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा संकलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,”…