भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थाना भर्याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी…