प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन। सिंहदरबारमा मङ्गलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवम् विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए। “लगानी सम्मेलनमा…