पोखरा महानगरमा अख्तियारको छापा, मणिपाल अस्पताललाई कानुनविपरीत २० करोड कर छुट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुनविपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो । आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरमा छापा मारेको पुष्टि गरे । “हामीले मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएका छौँ। यसबारे हामीकहाँ उजुरी पनि परेको थियो र मिडियामा पनि…