माथिल्लो मैलुङखोलाको परीक्षण विद्युत उत्पादन सुरु, घट्यो नोक्सानी

सानिमा ग्रुपको प्रमुख लगानी रहेको १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले माघ १० गतेदेखि परीक्षण उत्पादन थालेको छ । विसं २०६९ सालदेखि निर्माण सुरु भएको आयोजना २०८० पुस मसान्तसम्म शतप्रतिशत निर्माण सम्पन्न भएसँगै जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेको हो । निर्माण सम्पन्न भएसँगै आयोजनाले छिट्टै व्यवसायिक रुपमा विद्युत उत्पादन थाल्ने भएको छ । आयोजनाले…