माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा सामान्य घटेको छ । विद्युत बिक्री आम्दानी घटेसँगै त्यसको असर मुनाफामा परेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१८ प्रतिशतले घटेर ७३ करोड ५२ लाख ९२ हजारमा सीमित भएको छ । अघिल्लो पुसमा ७४…