सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौदण्डीगढी नगरपालिका ०८, उदयपुर स्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएका कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ भएको भन्दै बैंकले न्यानो स्वेटर प्रदान…