फोनपोइन्ट्स प्रालि र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरे । यो सम्झौता माघ १० बुधवारदेखि लागु हुनेछ ।…