नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आइभिएफले आफ्नो तेस्रो बार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न…