सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ । नौ सय मेगावाटको उक्त आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए । स्थलगत अनुगमनका लागि आएका उनले निर्धारित समयमा अरुणबाट बिजुली निस्कनेमा आशावादी भएको बताए । फ्याक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य…