सुर्खेत–हिल्सा सडक निर्माणका लागि ६४ अर्ब लाग्ने, चाइना रेल्वेको सम्भाव्यता अध्ययन पूरा

कर्णाली प्रदेशको ‘लाइफलाइन’का रुपमा अघि बढाउन खोजिएको सुर्खेत–हिल्सा सडकको सम्भाव्यता अध्ययन पूरा भएको छ। चीन सरकारको स्वामित्वमा रहेको ‘चाइना रेल्वे इञ्जिनियरिङ इयुआन कम्पनी (सिआरइइसी)’ले १० महिना लगाएर तयार पारेको सो अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो। प्रतिवेदनअनुसार ४०३ किलोमिटर लामो सुर्खेत–हिल्सा सडक निर्माणका लागि रु ६४ अर्ब लाग्ने अनुमान गरिएको छ। स्थलगत र हवाई…