महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न देशैभरिका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम कात्तिक २० गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ। कार्यक्रममा देशैभरिबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो।…