झरी थामिएपछिको घमाइलो बिहानमा मनहरि भण्डारी गोठबाट गाई दुहेर घर फर्कदैँ थिए । यत्तिकैमा हामीले उनलाई सोध्यौँ, “गाईले कति दूध दिन्छ बुबा ?” ६० वर्षीय भण्डारीले भने, “एक साँधमा चार लिटर, दिनको १२ माना जति हुन्छ ।” यति भनिसक्दा बाल्टीको दूध कुँडेमा खनाएर उनी अगेनातिर गए । फलामको कराइमा रैथाने बोकाको मासुलाई विस्तारै चलाउँदै भण्डारीले…