शेयर लगानीकर्ता भन्छन् : ‘पूँजी बजारका जिम्मेबार निकाय बेखबर भए, धितोपत्र बोर्डमा बजार बुझेको योग्य व्यक्ति चाहियो’

शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानकर्षण गराउँदै पूँजी बजारको विकास र विस्तारका लागि धितोपत्र बोर्डमा योग्य व्यक्ति नियुक्त गर्न माग राखेका छन् । नेपाल इन्भेष्टर्स फोरम र शेयर लगानीकर्ता संघले संयुत्त विज्ञप्ति जारी गर्दे पूँजी बजार निरन्तर घटेर लगानीकर्ताको अरबौं रुपैयाँ सम्पति गुमिसक्दा पनि जिम्मेवार निकायहरु बेखबर बनेको भन्दै सरकार तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका…