नेपाल सरकारको आयोजनामा काठमाडौँमा दुई दिने लगानी सम्मेलन (वैशाख १६ र १७) सफलतापूर्वक सम्पन्न भएको छ । सम्मेलनमा आठ सय भन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीको सहभागिता थियो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल १५४ परियोजना प्रस्तुत गरिएको थियो । आशयपत्र…