नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक बिना भेदभाव उपलब्ध गराई असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व बृद्धी गर्न सकिने कुरा नबिर्सन जिफन्टले रोजगारदाताहरूलाई स्मरण गराएको छ । जिफन्ट राष्ट्रिय कमिटीको ९७ औँ भर्चुअल (अनलाईन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको…