बूढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्लिङका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका ४ वटा हेलिकप्टर परिचालन गरी ९…