दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले बिहीबार बुक क्लोज गर्दै छन् । बुधबार महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले दुई इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।…