बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो

लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१…