उपत्यकाभित्रका खोला–नदीहरूमा जलसतह बढ्यो, यात्रामा रोक

काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेको छ । ललितपुरको च्यासलमा अवस्थित पुल बाढीले छोएको छ भने अन्य स्थानमा पनि जोखिम बढेको छ । जोखिमपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ । ट्राफिक प्रहरीले माइकिङ गर्दै करिडोरमा यात्रा नगर्न आह्वान गरेको हो । प्रहरीले खोला तथा नदी किनारका सडकमा पार्किङ…