उत्तरदक्षिण जोड्ने फलेवास–अर्मादी सडकको लागि साढे एक अर्ब बजेट सुनिश्चित

पर्वत । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडकका लागि बजेटको स्रोत सुनिश्चित भएको छ । सङ्घीय सरकारको अर्थ मन्त्रालयले उक्त खण्डका लागि एक अर्ब ५० करोड रुपैयाँ बराबरको स्रोत सहमति गरेसँगै काम अघि बढ्ने भएको छ । लोकमार्गको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि…