अजोड इन्स्योरेन्सको आईपीओ २ लाख ७३ हजारलाई गोलाप्रथाबाट १० कित्ता

0
Shares

अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको आइपीओ गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी आवेदकको हात खाली भएको छ ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बाँकी २ लाख २९ हजार २९८ जना हात भने खाली भएको छ। उच्च आवेदनका कारण २ लाख ११ हजार ४९८ जना योग्य आवेदकले नै शेयर पाउन सकेनन्।

कम्पनीको आईपीओमा शेयर माग गर्दै आवेदन गरेका प्रति १०० आवेदकमध्ये ५५ जनाले शेयर पाउने भएका छन्। आवेदक संख्या उच्च भएपछि यो कम्पनीको आईपीओ पनि करिब आधा आवेदकले शेयर नपाउने तथ्याङ्क देखिएको हो।

क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये ४ लाख ८४ हजार ४९८ वटा आवेदन बाँडफाँडका लागि योग्य भएका छन्। १७ हजार ८०० वटा आवेदन विविध कारणले अयोग्य भएका छन्।

२७ लाख ३० हजार कित्ता आवेदन माग गरिएको आईपीओमा ६।६५ गुणा धेरै कूल १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेकोमध्ये १ करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग सदर भएको क्यापिटलले जनाएको छ।

कम्पनीले असार २५ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो। कूल ३० लाख कित्ता निष्काशनमा ल्याइएकोमा १ लाख २० हजार कित्ता ९४५० कर्मचारीलाई र १ लाख ५० हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो।

कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा तल आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । आईपीओ बाँडफाँडसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब पुग्नेछ।