काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । बिहीबार नेप्से १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा पुगेको हो ।
कारोबारमा आएका ३४९ कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुग्दा कारोबार रकम ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ पुगेको थियो ।
बिहीबार लघुवित्त समूह ४.२२ प्रतिशतले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
कुमारी सबल योजनाको सेयर मूल्य २.९६ प्रतिशतले बढेको बजारमा स्नो रिभरको सेयर मूल्य २.८६ प्रतिशत, एसियन हाइड्रोपावरको सेयर मूल्य २.७० प्रतिशतले बढेको छ ।
यता, १०.२५ प्रतिशत कुमारी बैंक डिभेन्चर २०८६ को इकाई मूल्य ५.०९ प्रतिशतले घटेको छ भने चिर्खवा हाइड्रोपावरको सेयर मूल्य ४.६१ प्रतिशत, हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य ३.७५ प्रतिशतले र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ३.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत आयोजना १८ करोड १९ लाख २९ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ भने कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ५ लाख २५ हजार २४७ इकाईको कारोबार सहित आँखुखोला नै शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा भने बेनी हाइड्रोपावर २ हजार ६९१ पटकको कारोबार सहित अग्रस्थानमा रहेको छ ।






