चुक्ता पूँजीको ५% भन्दा कम खुद वितरणयोग्य नाफा गर्ने बैंकलाई नगद लाभांशमा रोक

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश वितरणमा कडाई गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ मा कुल चुक्ता पूँजीको ५ प्रतिशत भन्दा कम खुद वितरणयोग्य मुनाफा आर्जन गर्ने इजाजतपत्र प्राप्त संस्थालाई नगद लाभांश वितरणमा रोक लगाइने व्यवस्था गरेको हो ।

यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्न पनि रोक लगाइएको छ। खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म लाभांश वितरण गर्दा पनि उक्त संस्थाको २०७७ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदर भन्दा बढी नहुने गरी मात्र वितरण गर्न पाइने व्यवस्था गरिएको छ ।