अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर शुक्रबार (आईपीओ) बाँडफाँड भएको छ।
इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओ गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी २ लाख २९ हजार २९८ जना हात भने खाली भएको छ। उच्च आवेदनका कारण २ लाख ११ हजार ४९८ जना योग्य आवेदकले नै शेयर पाउन सकेनन्।
आईपीओ नतिजाका लागि नोटबजार डटकमको गृहपृष्ठको अन्तिम दोस्रो स्थानमा रहेको आईपीओ रिजल्टमा जानुहोस्। त्यसपश्चात १६ अंकको हितग्राही खाता (डिम्याट) लेखी सर्च बटनमा क्लिक गरेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ।
२७ लाख ३० हजार कित्ता आवेदन माग गरिएको आईपीओमा ६.६५ गुणा धेरै कूल १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन परेकोमध्ये १ करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग सदर भएको क्यापिटलले जनाएको छ।
कम्पनीले असार २५ देखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।
कूल ३० लाख कित्ता निष्काशनमा ल्याइएकोमा १ लाख २० हजार कित्ता ९४५० कर्मचारीलाई र १ लाख ५० हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा तल आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । आईपीओ बाँडफाँडसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब पुगेको छ।










प्रतिक्रिया