नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार दोस्रो पटक सकारात्मक सर्किट लागेको छ । बजार खुलेको पहिलो १० मिनेट नपुग्दै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट लागेको थियो।
पहिलो सर्किटपछि २० मिनेटका लागि कारोबार बन्द भएको बजार खुलेको केहिबेरमा नेप्से ५ प्रतिशत माथि उक्लेपछि दोस्रो सर्किट लागेको छ । अब कारोबार ४० मिनेटका लागि स्थगित हुनेछ ।
नेप्से ५.०१ प्रतिशत अर्थात ६९.७१ अंकले् बढेर १४६४.६८ पुगेको छ ।
त्यसपछि खुलेको बजारमा पनि थप एक प्रतिशत उकालो लागेमा दिनभरका लागि कारोबार बन्द हुनेछ ।
प्रतिक्रिया