पिपुल्स हाईड्रोपावरले जारी पूँजी घटाउने, साउन २२ गते विशेष साधारण सभा आह्वान

0
Shares

पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले साउन २२ गते बिहीबार विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार इन्द्रेणी फूडल्याण्ड नयाँ बानेश्वरमा दिउँसो १ बजे सभा बोलाइएको हो।

विशेष साधारण सभामा कम्पनीले जारी पूँजी हेरफेर गर्ने (घटाउने) सम्बन्धी मुख्य एजेन्डा राखेको छ। जसका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (ख) र (घ) संशोधन गर्ने प्रस्ताव उपर छलफल गर्नेछ ।

यसैगरि प्रबन्धपत्र संसोधन उपर नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने विशेष प्रस्ताव छ ।