देवः विकास बैंक (DBBL) को २७ लाख १६ हजार ४२१ दशमलव २९ कित्ता शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको ८.५५ प्रतिशत बोनस शेयर दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरि आज नेप्सेमा सूचीकृत भएको छ ।
बैंकको २०७७ जेठ १९ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट ८.५५ प्रतिशत बोनस शेयर अनुमोदन भएको थियो।
कुमारी बैंकसँग एक्वीजिशन प्रकृयामा रहेको बैंकले गतेदेखि असार २८ गतेदेखि संयुक्त कारोबार सुरु गरेको छ। २७ करोड १६ लाख ४२ हजार १२९ रुपैयाँको बोनस पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ४४ करोड ८७ लाख ४३ हजार ५६ रुपैयाँ पुगेको छ।
कुमारी बैंकसँग एकीकृत कारोबार भएपनि देव विकास बैंकको बोनस सहित शेयर स्वाप रेसियो ( १००ः८६) अनुसार कुमारी बैंकको नाममा नेप्सेमा सूचीकृत भएर हितग्राही खातामा बोनस शेयर जम्मा भएपश्चात मात्र लगानीकर्ताले कारोबार गर्न सक्नेछन्।
प्रतिक्रिया