सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL) ले बाल विकास समाजलाई १ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा एक लाख पचास हजारको चेक हस्तान्तरण गरिएको हो। करिब २८ वर्षदेखि बाल अधिकारबाट बञ्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका उक्त सहयोग गरिएको बैंकले जनाएको छ।

उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा सो संस्थाले जानकारी दिएको छ ।

बैंकले देशैभर १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।