सुनको भाउ तोलाकै ९४ हजार पुग्यो, चाँदीको मूल्यमा पनि रेकर्ड

0
Shares

सुन चाँदीको भाउ साउन ७ गते बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमानि रेकर्ड कायम गरेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार मात्रै सुनको भाउमा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउमा ९५ रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५६० रुपैयाँ र चाँदीको भाउ १ हजार १३५ रुपैयाँ पुगेको छ।

मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार २६० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

यसअघि सुनको भाउ असार ३१ गते बुधबार हालसम्मकै उच्च अर्थात तोलामा ९२ हजार ८०० रुपैयाँसम्म पुगेको थियो भने चाँदीको भाउ साउन ६ गते मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।