काठमाडौँ । नाडा प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा राहात साम्रगी हस्तान्तरण गरेको छ । टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु प्रदान गरेको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ नगद सहयोग समेत उपलब्ध गराएको हो ।
नाडाले विगतका समयदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।






प्रतिक्रिया