तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) को ५३ लाख १६ हजार ५ सय ८९ कित्ता शेयर बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकले प्राप्ती गरेको नेपाल कम्युनिटी डेभलपमेन्ट तर्फको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि आफ्नो नाममा सूचीकृत गरेको हो।
तिनाउ मिसन डेभलपमेण्ट बैंकले २०७६ मंसिर २२ गतेदेखि नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी एकिकृत कारोबारको शुभारम्भ गरेको थियो।
एकै क्षेत्रका विकास बैंकहरु मिलेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने लक्ष्य लिएर अगाडी बढेका यस बुटवल क्षेत्रका विकास बैंकहरुले सहमति पत्रमा हस्ताक्षर गरेको छोटो समयमा नै सम्पुर्ण प्रक्रिया सकेर एकीकृत कारोबार थालेपनि शेयर सूचीकरणका लागि भने सुमय लागेको हो।
मर्जरपछि तिनाउ मिसन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
प्रतिक्रिया