कामना सेवाले साउन महिनाको ब्याजमा छुट दिने, बन्दको मारमा परेका व्यवसायीलाई राहत

0
Shares

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारि छुट दिने योजना ल्याएको छ ।

उक्त योजना अन्र्तरगत कर्जा लिएका ग्राहकले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज साउन २० गतेसम्म भुक्तानी गरेको खण्डमा साउन महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको छ ।

कोभिड–१९ को कारण देशको समग्र अर्थ व्यवस्थामा नराम्रो प्रभाव पारेको र विशेष गरी यसबाट यातायात व्यवसाय सबैभन्दा बढी प्रभावित भएको हुँदा यस किसिमको सुविधा प्रदान गर्न लागिएको बैंकले जनाएको छ।

असार महिनासम्मको साँवा तथा ब्याज असारभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन्। यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पु¥याई व्यवसाय सञ्चालनमा थप सहजता पु¥याउने समेत बैकले विश्वास लिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।