हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ । हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति: २० कार्तिक २०८३, शुक्रबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।