अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

0
Shares

अजोड इन्स्योरेन्स कम्पनी (AIL) ले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।

अजोड इन्स्योरेन्सको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र सम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने, लगायतको शेयरवालाहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो।

यससँगै अब अजोड इन्स्योरेन्सका शेयरधनीले शेयर सम्बन्त्री सम्पूर्ण सेवाका लागि एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नुपर्ने हुन्छ।

आइतबार वा सोमबार भित्रमा नेप्सेमा शेयर सूचीकरण गराएर धितोपत्रको दोस्रो बजारमा कारोबार खोल्ने अन्तिम तयारी गरीसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिए।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।