प्रि ओपनिङ्गमा ४ कम्पनीको शेयरमूल्य ४ प्रतिशत बढीले बढ्यो

0
Shares

साताको दोस्रो दिन सोमबार सुरुवाती कारोबार समय (प्रि ओपनिङ्ग सेसन) समयमा ४ लाख २ हजार १० रुपैयाँको शेयर कारोबार भएको छ।

नेपाल बैंक, प्रभु बैंक, कालिका पावर कम्पनी, श्रीराम सुगर मिलको शेयरमूल्य ४ प्रतिशत बढीले बढेका छन्।

प्रि ओपनिङ्ग सेसनमा ६ कम्पनीका १ हजार २०० कित्ता शेयर कारोबार भएको छ। पाँच कम्पनीको शेयरमूल्य बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य सामान्य घटेको छ।

प्रि ओपनिङ्ग सेसनमा भएको कारोबार अनुसारको परिवर्तन भने नेप्से सूचकमा परिवर्तन आएको टिएमएसमा देखिएको छैन। आइतबारको २२ अकको वृद्धि नै सोमबार पनि देखिएको छ।

हरेक दिने नेप्सेमा १०:३० देखि १५ मिनेटसम्म अर्थात १०:४५ बजेसम्म प्रि ओपनिङ्ग सेसन चल्ने गर्दछ। यो समयमा हाल अधिकतम ५ प्रतिशतसम्म तल/माथिसम्म मूल्य राखेर कारोबार गर्न सकिन्छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ साउन २०७७, सोमबार  १० : ५३ बजे