नेप्से सूचक र कारोबार दुवै घट्यो, दुई कम्पनीको शेयर मूल्यमा सर्किट

0
Shares

साताको दोस्रो दिन सोमबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ठूला कम्पनीहरु समेटिएका बीमा, बैंकिङ्ग र होटलको सूचक १ प्रतिशत बढीले घट्दा सूचकसँगै कारोबारमा पनि दबाब देखिएको हो।

सोमबार सुरुवातको १५ मिनेटअघि केही बढेपछि त्यसपछि घटेको नेप्सेमा केही सुधारको संकेत देखा परेपनि अल्पकालीन लगानीकर्ताहरुबाट नाफा बुकिङ्ग कारण बिक्रीचाप बढ्न जाँदा अन्त्यसम्मै सूचकमा घट्न पुगेको हो।

आज १८७ कम्पनीका ४२ लाख ५७ हजार १६१ कित्ता शेयर २८ हजार ४५५ पटक खरीद बिक्री हुँदा कूल १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँको शेयर कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम १३ करोड १ लाख रुपैयाँले घटेको हो। आइतबार १ अर्ब ९४ करोड २६ लाख ७९ हजार ३८० रुपैयाँको शेयर कारोबार भएको थियो ।

आज जोशी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। जोशी हाइड्रोपावरको शेयरमूल्य आइतबार पनि ८ प्रतिशत बढीले बढेको थियो।

आजको बजारमा एनआईसी एशिया लघुवित्त, श्रीराम सुगर मिल्स, मिर्मिरे माइक्रोफाइनान्स, बेष्ट फाइनान्स र पोखरा फाइनान्सको शेयरमूल्य ४ प्रतिशत बढीले बढेको छ भने ओरियन्टल होटल, गोर्खाज फाइनान्स, घलेम्दी हाइड्रोपावर, पाँचथर पावर र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट देखिएको छ।

 

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये अन्य, लघुवित्त, विकास बैंक र उत्पादनको सूचक सकारात्मक भएका छन् भने बाँकी ८ वटाकै सूचक ऋणात्मक बनेका छन्। निर्जीबन बीमा, होटल, जीबन बीमाको सूचक १ प्रतिशत बढीले घट्दा बैंकिङ्ग, ब्यापार, जलविद्युत, वित्त र म्युचुअल फण्डको सूचक पनि घटेका छन् ।

आज पनि नेपाल लाईफ इन्स्योरेन्सको सबैभन्दा धेरै १७ करोड ४४ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ। आइतबार पनि कम्पनीको २५ करोड ८४ लाख १८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो।

यसैगरी  नेपाल रि इन्स्योरेन्स कम्पनीको १४ करोड ८८ लाख ६१ हजार, नबिल बैंकको ९ करोड ९ लाख ९ हजार, एनआईसी एशिया लघुवित्तको ७ करोड ७९ लाख २० हजार, एनआईसी एशिया बैंकको ६ करोड ९२ हजार, एनएमबि बैंकको ५ करोड ८४ लाख १७ हजार, शिखर इन्स्योरेन्सको ५ करोड ७१ लाख १६ हजार, शिवम् सिमेन्टको ४ करोड २ लाख ९३ हजार, छिमेक लघुवित्तको ३ करोड ६५ लाख ९६ हजार, र लुम्बिनी जनरल इन्स्योरेन्सको स.स्थापक शेयरको २ करोड ९२ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ।

सोमबार नेप्से सूचक २.६२ अंकले घटेर १४६२.४८ बिन्दुमा बन्द भएको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ साउन २०७७, सोमबार  १५ : ३३ बजे