अजोड इन्स्योरेन्सको शेयर कारोबार बुधबारदेखि मात्र हुने

0
Shares

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड (AIL) को साउन १४ गते बुधबारदेखि मात्र धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार प्रि ओपनिङ्ग सेसनमा इन्स्योरेन्सको शेयर कारोबार हुन नसकेपछि मंगलबार कम्पनीको शेयर खरिद बिक्री हुन नसकेको हो।

अजोडले मंगलबारदेखि शेयर खुला गर्ने तयारीका साथ सोमबार ३० लाख कित्ता साधारण शेयर (आईपीओ) सहित १ करोड कित्ता सूचीकृत गराएको थियो ।

शेयर सूचीकृत भएको भोलिपल्ट प्रि-ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने व्यवस्था अनुसार आज कारोबार हुन नसकेपछि कम्पनीको शेयर कारोबार बुधबारदेखि मात्र हुने भएको हो।

नेप्सेले कम्पनीको कारोबारका लागि एआईएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि न्यूनतम ९७ रूपैयाँदेखि अधिकतम २९१ रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यहि कारोबार रेञ्जभित्र रहेर बुधबार पहिलो कारोबार खुल्नेछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।