सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा, पैसा झिक्न चेक नचाहिने

0
Shares

सानिमा बैंकले साउन १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्ने क्रममा डिजिटल काउन्टर संचालनमा ल्याएको बैंकले जनाएको छ ।

डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यू आर कोड स्क्यानगरी भुक्तानी प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्यू आर कोड स्क्यानगरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको बैंकको भनाई छ ।

यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।