लघुवित्त कम्पनीले पनि पुनर्कर्जा उपलब्ध गराउन सक्ने


नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पनि पुनर्कर्जाको अधिकार दिएको छ । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई कार्यान्वायन गर्नका लागि निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरुमार्फत पनि पुनर्कर्जा सुविधा उपलब्ध गराउन बाटो खोलेको हो ।

केन्द्रीय बैंकको निर्देशनले राष्ट्र बैंक ऐन २०५८ को दफा ४९ र ५० मा भएको व्यवस्थाअनुसार अब लघुवित्त कम्पनीहरुले पुनर्कर्जा कार्यविधि २०७७ मा उल्लेखित व्यवस्थाअनुसार पुनर्कर्जा उपलब्ध गराउन सक्नेछन् ।

यसअघि लघुवित्त कम्पनीहरुलाई पुनर्कर्जा सेवा उपलब्ध गराउने अधिकार दिइएको थिएन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।