नबिल बैंकमा ‘स्क्यान एन्ड वीड्र’ सेवा, क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने

0
Shares

नबिल बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले  ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ।

मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन्।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ। नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउनेछ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अब नबिल बैंकका ग्राहक महानुभावले चेक/एटीएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ ए्यापमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नोे खाताबाट रकम झिक्न सक्नुहुनेछ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धतिमार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ।

ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देशभरी ११८ शाखाहरु र १७८ एटीएम काउण्टरहरु छन्। नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ। साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टीसहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्फ केन्द्रित गरेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।