बीओके क्यापिटलद्धारा लगानी व्यवस्थापन सेवाको थालनी

0
Shares

बीओके क्यापिटल मार्केटले असार १० गतेदेखि लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेटमेन्ट) सेवाको सुरुवात गरेको छ। बैंक अफ काठमाण्डूको सहायक कम्पनीले यसअघि धितोपत्र बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार, निक्षेप सदस्य र शेयर प्रत्याभूतिकर्ताका सेवाहरु दिँदै आएको यस क्यापिटलले मंगलबारबाट लगानी व्यवस्थापन सेवा थप गरेको हो।

लगानी व्यवस्थापन सेवा अन्तर्गत क्यापिटलले स्वेच्छिक तथा गैर–स्वेच्छिक गरी दुई प्रकारका लगानी व्यवस्थापन सेवाहरु प्रदान गर्ने बताइएको छ । साथै शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले बीओके क्यापिटलमा असार ३१ गतेसम्म निशुल्क डिम्याट खाता खोल्न सक्ने क्यापिटललले जनाएको छ।

हाल बीओके क्यापिटल मार्केट सहित २९ वटा मर्चेन्ट संस्थाहरुले लगानी व्यवस्थापन कार्य गर्न नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

आइतबार मात्रै धितोपत्र बोर्डले कतिपय संस्थाहरुले धितोपत्र ब्यवसाय कार्य गर्ने अनुमतिपत्र प्राप्त नगरि गैरकानूनी रुपमा लगानी व्यवस्थापकको कार्य गरेको भन्ने गुनासो आएको भन्दै बोर्डबाट अनुमति प्राप्त नगरी गैरकानूनी रुपमा लगानी अनुमति प्राप्त नगरी गैरकानूनी रुपमा लगानी व्यवस्थापन नगर्न। नगराउन बिज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ।