समता लघुवित्त (SMATA) ले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीलाई प्रस्ताव गरि साधारण सभाबाट अनुमोदन गराएको बोनस शेयर शेयरधनीको खातामा जम्मा गरेको छ।
लघुवित्तले साधारण सभाका लागि बुकक्लोज गरेको मिति पुस १८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको खातामा बोनस जम्मा गरेको लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलले जनाएको छ।
सो मितिपश्चात शेयर अभौतिकीकरण गर्ने शेयरधनीलाई भने क्रमश: बोनस जम्मा गर्दै जाने बताइएको छ। कम्पनीले नगद लाभांश भने यसअघि नै वितरण गरिसकेको छ।
लघुवित्तको २०७६ पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट ५ प्रतिशत बोनस तथा ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया