महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्ना शेयरधनीलाई विगतका विभिन्न वर्षहरुका साधारण सभाबाट पारित नगद लाभांश बुझ्न अनुरोध गरेको छ।
बैंकमा समाहित भएका साविकका मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स, यति फाइनान्स, सिद्धार्थ फाइनान्स, तथा भ्याली फाइनान्सका विभिन्न साधारण सभाबाट पारित लाभांश संकलन गर्न भनेको हो।
समयमा नै लाभांश नबुझ्ने शेयरधनीको लाभांश कानून बमोजिम हुने समेत बैंकले जनाएको छ।
शेयरधनीहरुले बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नक्सालबाट लाभांश पूँर्जा बुझ्न सक्नेछन्। थप जानकारीका लागि बैंकको कानून तथा शेयर विभाग दरवारमार्ग र शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नक्सालमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया