अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

0
Shares

अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा १ लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ । यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो ।

अमेरिकी रोजगारी मापन गर्ने अटोम्याटिक डेटा प्रसेसिङ (एपीडी) का अनुसार अमेरिकाका सबै किसिमका व्यवसाय र क्षेत्रमा कोभिड–१९ को असर देखिएको र यसले लामो समयसम्म प्रभाव सिर्जना गर्नेछ ।

जुलाईमा ठूला कम्पनीहरुले १ लाख २९ हजार तथा साना कम्पनीहरुले ६३ हजार रोजगारी सिर्जना गरेका थिए । तर मध्यम किसिमका व्यवसायबाट २५ हजारको रोजगारी गुमेको थियो ।

कोरोना भाइरसका कारण लकडाउन गरिएपछि संयुक्तराज्य अमेरिकामा गत मार्च महिनामा ३ लाख २ हजार रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो । अप्रिल महिनामा निजी क्षेत्रले झण्डै २ करोड रोजगारी कटौती गरेका थिए ।

अमेरिकी श्रम विभागले निजी र सरकारी दुवै क्षेत्रबाट भएको रोजगारीको मासिक प्रतिवेदन दुई दिनभित्र सार्वजनिक गर्दैछ । 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।