खरीद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म कायम

0
Shares

आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि खरीद बिक्री खाता प्रमाणीकरणको म्याद आगामी पुस मसान्तसम्म थप गरेको छ ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६ (३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरीद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई साउन महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कात्तिक महिना भित्र खाता प्रमाणित गराउनुपर्ने गरी परिपत्र गरिएको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।