एलआईसी इण्डियाले ‘यस बैंक’ को ५ प्रतिशत शेयर किन्यो

0
Shares

भारतीय सरकारको लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन (भारत) ले समस्यामा परेको यस बैंकको ५ प्रतिशत शेयर  खरीद गरेको छ । एलआईसी इण्डियाले बैंकको शेयर ओपन मार्केट मार्फत  खरीद गरेको हो ।

निजी क्षेत्रको बैंकमा समस्या आएपछि भारतीय सरकारी तथा निजी क्षेत्रका संस्थाहरुले बैंकलाई जीवन दिन पुनः लगानी गरेका हुन् ।

सरकारी लगानी रहेको एलआईसी इण्डियाले नेपालमा पनि सहायक कम्पनी सञ्चालन गरेको छ । एलआईसी नेपालमा एलआईसी इण्डियाको ५५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

निजी क्षेत्रको बैंकमा समस्या आएपछि बैंकलाई पुनरसंरचना गरेर अघि बढ्ने योजना अनुसार एलआईसीले पनि लगानी गरेको कम्पनीले जनाएको छ।

कम्पनीले बैंकको १०५.९८ करोड कित्ता शेयर खरीद गरेर हिस्सा बढाएको हो । यसभन्दा अघि कम्पनीसँग बैंकको १९ करोड कित्ता शेयर थियो ।

अब एलआईसी इण्डियासँग बैंकको कुल शेयर १२५ करोड कित्ता पुगेको छ । एलआइसीले सन २०१७ सेप्टेम्बर देखि २०२० जुलाइसम्म बैंकको शेयर खरिद गरेको हो । पछिल्लो समयमा बैंकले १५ हजार करोड भारतीय रुपैयाँ बराबरको पूँजी जुटाएको थियो । सो पूँजी संकलन पछि बैंकको रेटिङ समेत बढेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।