भदौ १५ देखि हवाई उडान र लामो दूरीका बस चल्ने


भदौ १५ गतेदेखि लामो दूरीका बस तथा हवाई सेवा सञ्चालनमा आउने भएका छन् । यस अघि सरकारले भदौ १ गतेदेखि नै लामो दूरीका बस तथा हवाई उडान सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

पछिल्ला दिनमा तीब्र दरमा कोरोना संक्रमण बढेपछि कोभिड १९ क्राइसिस म्यानेजमेण्ट सेन्टरले मन्त्रिपरिषदको बैठकले गरेको निर्णयमा परिमार्जन गर्न सुझाव दिएको हो ।

आइतबार बसेको सेन्टरको बैठकले यस अघिको मन्त्रिपरिषद बैठकको निर्णय परिमार्जन गर्दै भदौ १५ गतेदेखि मात्र हवाई उडान र लामो दूरीका बस सञ्चालन गर्न सुझाव दिने निर्णय गरेको हो ।

सेन्टरले दिएको सुझावलाई सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले अनुमोदन गरे पछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।