अजोडको नाफा ५०% ले बढ्यो, आईपीओ पूँजीकरण पश्चात के होला ?

0
Shares

अजोड इन्स्योरेन्स (AIL) ले गत आर्थिक वर्ष ०७६/०७७ मा ६ करोेड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.६८ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षमा इन्योरेन्सले ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियोर जसबाट इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६८ पैसा तथा नेटवर्थ ११४ रुपैयाँ ९८ पैसा कायम भएको छ। 

कम्पनीले गत असार २५ गतेदेखि ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको थियो । आइपीओ पूँजीकरण पश्चात कम्पनीको प्रतिशेयर आम्दानी र नेटवर्थमा गिरावट आउनेछ ।

असार मसान्तसम्ममा इन्स्योरेन्सले २७ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७९ प्रतिशत बढी हो।

कम्पनीको कुल बीमाशुल्क ८६ करोड १२ लाख रुपैयाँ छ। इन्स्योरेन्सले २२ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीले पुर्नबीमाबाट १४ करोड ३९ लाख तथा अन्य आम्दानी मार्फत ३ करोड २४ लाख आर्जन गरेको छ। कम्पनीले ८ करोड ७२ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीले हालसम्म ९१ हजार ९२७ बीमालेख जारी गरेको छ।

इन्स्योरेन्सको आइपीओ अगाडिको चुक्ता पूँजी ७१ करोड ५० लाख छ। आईपीओ निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब पुग्नेछ। इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा ६ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

Particulars Ajod Insurance Limited  (Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital 715,000 700,000 2.14%
Reserve and Surplus 45,496 19,389 134.65%
Net Profit 62,074 41,196 50.68%
EPS (In Rs.) 8.68 5.89 47.52%
Net Worth per Share (In Rs.) 114.98 107.14 7.32%
Insurance Fund 61,600 30,563 101.55%
Gross Premium 861,236 414,918 107.57%
Net Premium 277,946 155,146 79.15%
Re-Insurance Commission Income 143,907 68,600 109.78%
Income from Investment, Loan and others 32,438 16,937 91.52%
Claim Payment (Net) 87,221 13,189 561.32%
No of Policies 91,227 49,894 82.84%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।